यस वर्षको पहिचान पुरस्कारका लागि आठ उत्कृष्ट पुस्तकको घोषणा भएको छ । पहिचान पुरस्कार कोषका संस्थापक नरेश काङमाङ राईले एक विज्ञप्ति जारी गर्दै उत्कृष्ट आठ पुस्तकको सूची सार्वजनिक गरेका हुन् ।
उक्त सूचीमा प्रगति राईको थाङ्ग्रा, जानुका खतिवडाको ‘आतोओडा’, करुणा राईको ‘रसिया राग’, मञ्जुल मितेरीको ‘कामी’, प्रकाश गुरागाईँको ‘जङ्क्सन पिपलबोट’, पराजित पोमुको ‘मद्वारा मेरो निर्माण’, डा. नवराज केसीको ‘शून्यको मूल्य’ र तीन फरक विषय (फोकल्याण्डका सिपाही, पहिलो विश्वयुद्धका चिठी र उनै जङ्गबहादुरः श्रीभक्त खनाल र खेमराज रानाभाट) रहेका छन् ।
पहिचान पुरस्कार कोषको बैठकले ०७९ सालमा प्रकाशनमा आई पुरस्कारका लागि कोषमा दर्ता भएका पुस्तकहरुमध्येबाट उत्कृष्ट आठ कृतिको यो सूची जारी गरेको हो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
editor
पुष १०, आईतवार २२:१०