पहिचान पुरस्कार कोषले यस वर्षका लागि पाँच उत्कृष्ट पुस्तकहरूको सुची जारी गरेको छ ।

२०७७ साल साउनदेखि २०७८ साल साउनसम्म प्रकाशित पुरस्कारका लागि दाबी गरेका पुस्तकहरूमध्येबाट उत्कृष्ट पाँचको सूची जारी गरिएको हो ।

सूचीमा पर्ने पुस्तकहरूमा श्याम शाहको पथेर, अनन्त वाग्लेको कदम, प्रकाश आङदेम्बेको म एउटा बिहान हिँडिरहेछु, बिना थिङको याम्बुनेर तथा केदार सङ्केतको अफगानी रणमैदान रहेका छन् ।

पुरस्कृत कृतिको घोषणा आउँसो डिसेम्बर महिनामा घोषित गरिने बताइएको छ । पुरस्कारको राशि चार लाख २ हजार २ रूपैयाँ रहेको बताइएको छ ।

यसअघि यस पुरस्कारबाट राजन मुकारूङको फेरिँदो सौन्दर्य, अर्जुन खालिङको गोयङको सुगन्ध, यज्ञशको भुइया र उन्मुक्त पुस्ताको आफर तथा सरस्वती प्रतीक्षाको नथियाले पहिचान पुरस्कार पाइसकेका छन् । पहिचान सम्मानबाट खगेन्द्र सङ्ग्रौलालाई सम्मानित पनि गरिसकिएको छ ।