डिजी शर्मा, युएई । पछिल्लो दुई वर्षदेखि क्यान्सरसँग लडिरहनुभएका कवि नवराज न्यौपानेले आफ्नो उपचारमा सहयोग गर्न अपील गर्नुभएको छ । “गो फन्ड मि”  र अनुप्रस्थ फाउन्डेसन मार्फत रकम संकलनको काम भइरहेको भए पनि उपचारमा रकम अभाव भएकोले थप रकम सहयोग गरिदिन उहाँले सार्वजनिक रुपमै आह्वान गर्नुभएको हो ।

उहाँलाई रक्त क्यान्सर भएको र यथासक्य चाँडो बोनम्यारो प्रत्यारोपण गर्नु पर्ने चिकित्सकको सुझाब रहेको छ । बोनम्यारो प्रत्यारोपणका लागि निकै रकम आवश्यक पर्ने र त्यसको लागि समय पनि कम भएकोले थप सहयोगको अपेक्षा सहित अपील गरिएको उहाँले बताउनु भयो ।

साहित्यपोस्टसँग कुराकानी गर्दै ३६ वर्षीय कवि न्यौपानेले हाल केमो थेरापी चलिरहेको जानकारी गराउनु भयो । बोनम्यारो प्रत्यारोपण नभएसम्म केमो चलाउनु पर्ने भएकोले आर्थिक भार थपिँंदै गएको उहाँले बताउनु भयो ।

कवि न्यौपानेको कविता सङ्ग्रह “सपनाका लहरहरु” प्रकाशित छ । त्यसको बिक्रीवितरणबाट आएको रकम पनि उपचारमा खर्च भइसकेको र कविता सङ्ग्रह पनि सकिसकेको जानकारी गराउनु भयो ।

सिन्धुपाल्चोक निवासी कवि न्यौपाने २०७६ साल वैशाख ६ गते वैदेशिक रोजगारीको सिलसिलामा कुवेत जानुभएको थियो । कुवेतमै रहँदा सन् २०२२ को अप्रिलमा उहाँमा क्यान्सर भएको पत्ता लागेको थियो ।

कुवेतमै तीन महिनासम्म केमो थेरापी गराएर उहाँ २०७९ साल असार १४ गते नेपाल फर्किनुभएको थियो । हाल जावलाखेल स्थित ब्लड एण्ड मल्टी स्पेसियालिटी हस्पिटलमा उहाँको उपचार भइरहेको छ ।

अविवाहित रहनुभएका कवि न्यौपानेको २०४५ साल कात्तिक १९ गते सिन्धुपाल्चोकमा जन्मभएको थियो ।

उच्च माध्यमिक तहसम्मको औपचारिक अध्यन पूरा गर्नुभएका कवि न्यौपाने विशेषगरी कविता र गीत लेखनमा सक्रिय हुनुहुन्छ । तल उल्लेखित बैङ्क खातामा सिधै रकम जम्मा गरेर उहाँलाई सहयोग गर्न सकिने छ ।

Account Holder : Nawa Raj Neupane

Bank Name : Prabhu Bank Limited

Branch: Kumaripati Lalitpur

Account No. : 0660115894500011

Swift Code : PRVUNPKA

E-sewa : 9860468274