ए गजल तिमी के बहरकै राज हौ ?
कि भनौँ बजारु सहरकै राज हौ ?
यी बगेका र खोला सरिता नदीमा
के यौटै समुद्री लहरकै राज हौ ?
या दिन या रातको हुने भिन्नतामा
के तुसारो साँझ प्रहरकै राज हौ ?
मात्र यान्त्रिकताले भाव के पोखिएला ?
उर्दु , फारसीको डहरकै राज हौ ?
बचाउनु पर्छ है ‘नव’ औ पुराना
तिमी निलकण्ठे जहरकै राज हौ ?

पृथ्वी नारायण क्याम्पस
पोखरा