साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई लेखक कमलप्रसाद ढुङ्गानाको दर्शन विधाको पुस्तक ‘शिवदर्शन’ प्राप्त भएकाे छ ।
उनले यो पुस्तकलाई संस्कृत भाषाबाट नेपालीमा उल्था गरेका हुन् । पुस्तकमा शिवदर्शनको प्रतिवाद्य, शिव शब्दको अर्थदेखि लिएर शिवका विभिन्न रुप तथा शक्तिको व्याख्या गरिएको छ ।
‘यदि तपाईँ निश्चिन्त हुन चाहनुहुन्छ भने एउटा सानो कुरा छ – सारै सानो कुरा या भनौँ तरिका यो छ कि – आफूलाई हटाउनुस् र परमात्मालाई गर्न दिनुहोस् – जे गर्नुहुन्छ ।’, पुस्तकमा लेखिएको छ, ‘गर्नुभए ठीक नगरे पनि ठीक – कहीँ पुर्याउनुभए ठीक, नपुर्याए पनि ठीक । तपाईँ सारा चिन्ताको भार उनैमाथि छोडिदिनुहोस् । जोमाथि यत्रो विराट् जीवन अडेको छ । चन्द्र, तारा अडेका छन् । ऋतुहरु घुमिरहन्छन्, सूर्य उदाउँछ, यत्रो विराट् जीवनको सागर । यतिका लहरहरु जसलाई सम्हालेको छ तिम्रो सानो लहर पनि सम्हाल्ने छ ।’
‘शिव सृष्टिको स्रोत हो । सबै प्राणीहरुको आराध्यदेव हो । मनुष्य र देवताबाहेक दानव, पशुपन्छीको पनि शिव पूज्य हुन्, यसर्थ पशुपतिनाथ भनिएको हो ।’, पुस्तकको समीक्षामा ढुङ्गाना लेख्छन्, ‘प्राचीनतम हरप्पा र मोहन्जोदाडो संस्कृतिको अवशेषमा शिवको पशुपति रुपको कैयौं मूतिहरु र चिह्नहरु उपलब्ध छन् । कसैले यो नभनोस् कि भागवान् शिव खाली भारतमा मात्रै पुजिन्छन् । विदेशमा पनि कैयौँ ठाउँमा शिव मूर्ति अथवा शिवलिङ्ग प्राप्त भएका छन् ।’
पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो । १ सय ६० पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय ९५ रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।