
साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई होमनाथ भट्टराईद्वारा लेखिएको अनुसन्धानात्मक कृति“जिज्ञासा” प्राप्त भएकाे छ ।
पाँच अध्यायमा विभाजित यस पुस्तकमा ‘ऐतिहासिक विकासक्रम’, ‘भारतीय दर्शन’, ‘मनुस्मृति’, ‘पुराण’, ‘सेन्ट अगास्टिन’, ‘जर्ज बर्कले’, ‘इमाुएल कान्ट’, ‘कार्ल मार्क्स’, ‘हेनरी बर्गसन’ आदि समावेश छन् ।

जिज्ञासा
पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “ – जीवन एवं जगत् सम्बन्धी जिज्ञासामा मूलतः दुई प्रकारका प्रश्न थिए ः कसरी र किन । कसरी अर्थात् यो जगत् कसरी उत्पन्न भयो, कसरी या कुन नियम अन्तर्गत सञ्चालित छ ? मानव लगायत सम्पूर्ण जैविक जगत्को उत्पत्ति एवं विकास कसरी भयो र कसरी चलिरहेछ ? किन अर्थात् यो संसारिक प्रपञ्च किन छ, कुन प्रयोजनका निमित्त छ ? मानव जीवनको प्रयोजन के हो, लक्ष्य के हो ?
– इतिहासमा मानिसको प्रयास सधैँ सत्यको खोजी, मानव जातिको कल्याण (शिव) र अर्थपूर्ण सुन्दर जीवन अर्थात् सत्य, शिव, सुन्दर प्राप्त गर्नुमा रह्यो ।
– मानव सृष्टिमा कुनै प्राकृतिक प्रयोजन भए पनि नभए पनि धर्मशास्त्र÷दर्शनले मानव जीवनलाई अर्थपूर्ण बनाउन प्रयास गरेको देखिन्छ ।”
“कतिपय ठाउँमा संस्कृतका मूलग्रन्थ वेद, ब्राह्मण, उपनिषद्, गीता, मनुस्मृति आदिको अध्ययनबाट पनि उद्धरण गरिएको छ । पाश्चात्य दर्शनको प्रमुख स्रोत प्रयान्क थिलीको ’ए हिस्ट्री अफ फिलोसफी’ हो । यिनका अतिरिक्त सन्दर्भसूचीका ग्रन्थहरू लगायत यत्रतत्रबाट गरिएको अध्ययनको प्रभाव पनि परे होला । संस्कृत वा अङ्ग्रेजीका प्राविधिक शब्दलाई नेपालीमा अनुवाद गरी प्रस्तुत गर्दा उपयुक्त नेपाली प्राविधिक शब्द प्रयोग नभएको हुन सक्छ । …” प्रा. डा. होमनाथ भट्टराई लेख्छन्, “उपसंहारमा मूल विषयका केही निष्कर्षका साथै आधुनिक विज्ञानका केही तथ्य विशेषतः ब्रह्माण्डको उत्पत्ति एवं जीवको विकासवादी सिद्धान्त आदिका सम्बन्धमा संक्षेपमा उल्लेख गरिएको छ । आधुनिक विज्ञानका वस्तुगत ज्ञानलाई उपेक्षा गरेमा परिकल्पनात्मक दर्शन अपूर्ण हुन्छ, निरर्थक हुँदै जान्छ । यी दुवै विधाको समन्वय नहुँदा धर्म – दर्शन एवं विज्ञानमा विरोधाभास देखिँदै आएको छ ।”
पुस्तकलाई मीरा शर्मा र रीना शर्माले प्रकाशनमा ल्याएका हुन् । यसको मूल्य ५ सय ५० रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
