हेटौंडा । साहित्य सङ्गम मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहकार्य साथै प्याब्सन मकवानपुर र संस्थागत विद्यालयहरूको सहयोगमा हेटौंडा पार्टी प्यालेसमा ‘लघुकथा उत्सव-२०८१’ सम्पन्न भएको छ ।
सङ्गमका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षता र उपमेयर राजेश बानियाँज्यूको प्रमुख आतिथ्यमा उक्त उत्सव सम्पन्न भएकाे हो । उक्त ‘लघुकथा उत्सव-२०८१’ मा लघुकथा वाचनका साथै स्रष्टा सम्मान र लघुकथाको बहस गरिएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा साहित्य संस्थाका संस्थापक त्रय तुलसी घिमिरे, केशव श्रेष्ठ ज्योति ,केशवलाल श्रेष्ठ त्यस्तै हेउनपा सामाजिक विकास महाशाखाका प्रमुख भीमप्रसाद तिम्सिना,अग्रज साहित्यकार शार्दूल भट्टराई र डा.दामोदर पुडासैनी रहनु भएको थियो।
अतिथिहरूमा मुक्ति गोविन्द वैद्य , मुना अर्याल,किशन पौडेल ,टिकाराम रेग्मी,किसान प्रेमी,दीपक लोहनी,सुमन वर्षा,सुवास खनाल,हयग्रीव आचार्य,एसके निधन,देवराज खरेल, रमेशमोहन अधिकारी,श्याम श्रेष्ठ ,माधव पोखरेल,विष्णुप्रसाद गौतम, मसान उपासक ,पूर्णकला घिमिरे ,छवि अनित्य, राजकुमार लामिछाने, दीपक गौतम, भावना सापकोटा, देवराज तिवारी ,विश्वनाथ सञ्जेल,राजुराम राउत ,रचना शर्मा,मिरा शर्मालगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
सम्मानित स्रष्टा द्वय शार्दूल भट्टराई र डा. दामोदर पुडासैनी ‘किशोर’ का सम्बन्धमा सङ्गमका सल्लाहकार सुवास खनालले परिचयात्मक मन्तव्य राख्नुभएको थियो
साहित्य सङ्गम मकवानपुरका ३ कार्यकाल सचिव रहनुभएका केशव श्रेष्ठ ज्योतिद्वारा स्थापित रु. २५ हजार राशिको ‘साहित्य सङ्गम मकवानपुर सम्मान २०८०’ द्वारा सम्मानित डा. दामोदर पुडासैनी ‘किशोर’ का ‘डोल्पो ओ डोल्पो’ कृतिमार्फत सम्मानका लागि छनोट हुनु भएको हो ।
हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा आयोजित सो कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले स्थानीय सरकारले साहित्य, कलालगायतको क्षेत्रमा आफूहरूले सक्दो सहयोग गर्ने र आगामी समयमा त्यसलाई अझ धेरै बढवा गर्दै लैजाने बताउनुभयो ।
लघुकथाबारे बहस ‘लघुकथा: सिद्धान्त र बाटो’ लघुकथा: सिद्धान्त र बाटो’ शीर्षकमा लघुकथाका संरचना तथा समीक्षालगायतका विषयको बहसमा लघुकथाकार त्रय चितवनका टीकाराम रेग्मी, नुवाकोटका दीपक लोहनी र काठमाडौँकी सुमन वर्षा सहभागी हुनुभएको थियो । एसके निधन सहजकर्ता रहेको यस सत्रको अभिभावकत्व साहित्य सङ्गमका संस्थापक तथा सल्लाहकार तुलसी घिमिरेले गर्नु भएको हो ।
लघुकथा वाचनमा मकवानपुरका किशन पौडेल, रमेशमोहन अधिकारी, रामकुमार विष्ट ‘विष्ट अङ्कल’, श्याम श्रेष्ठ, मिथिला अधिकारी सहभागी हुनुभयो । यस्तै चितवनकी स्रष्टा रचना शर्मा, बैतडीका धनदेव जोशी, प्युठानका हरि जिसी, काठमाडौँका स्रष्टा द्वय किसान प्रेमी र केशव श्रेष्ठ ‘ज्योति’ ले आ-आफ्ना लघुकथाहरू सुनाउनुभयो । कार्यक्रम सङ्गम कार्यसमिति सदस्य रजनी पौडेलले र सङ्गमका सचिव मनोज पोखरेलले सहजीकरण गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।