
प्रदेश युवा परिषद्, बागमती प्रदेशको आयोजना तथा साहित्य सङ्गम मकवानपुरसँगको सहकार्यमा कविता प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगितामा पुरस्कृत हुने कविहरूले १ लाख नगद राशि पाउने छन् ।
पुरस्कृति कविताहरूका सर्जकहरूले क्रमशः प्रथम ४० हजार, द्वितीय ३० हजार, तृतीय २० हजार र सान्त्वना १० हजार प्राप्त गर्नेछन् ।
४० वर्ष उमेर पार नगरेका युवा कविहरूले मात्र सहभागिता जनाउन सक्ने खुला कविता प्रतियोगिताको विषय पनि खुला रहेको छ । कविताका साथ उमेर खुल्ने आधिकारिक प्रमाणपत्र र व्यक्तिगत विवरण (बायोडाटा) आश्विन २२ गतेभित्र प्राप्त भइसक्नुपर्ने आयोजकले जनाएकाे छ ।
प्राप्त कवितामध्ये उत्कृष्ट २० छनौट गरी अन्तिम प्रतियोगितामा सामेल गराइने र सोका लागि कवि स्वयम् उपस्थित हुनुपर्ने साहित्य सङ्गमले जनाएकाे छ । कविता बढीमा १५० शब्दसम्मको, अन्यत्र (पत्रपत्रिका तथा सामाजिक सञ्जालमा) अप्रकाशित तथा मौलिक हुनुपर्ने सूचनामा जनाइएको छ ।
कविता manojpokhrel150gmail.com, nimeshnikhil@gmail.com र pycbagamati@gmsil.com मध्ये कुनै इमेलमा पठाउन सकिनेछ । कविता प्रिती फन्टमा टाइप गरी पठाउनुपर्ने छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
