
सिस्नुपानी नेपाल मकवानपुर र साहित्य सङ्गम मकवानपुरको संयुक्त आयोजनामा नेपाली हास्यव्यङ्ग्यका शिखर व्यक्तित्व भैरव अर्यालको जन्म जयन्तीमा एक कार्यक्रमको आयोजना गरी मनाइएकाे छ ।
पुष्पलाल स्मृति पुस्तकालय, मकवानपुरस्थित भैरव अर्यालको प्रतिमामा माल्यार्पण कार्यक्रमको प्रमुख अतिथिमा नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य हयग्रीव आचार्य तथा सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षता रहेको थियो ।
साहित्य सङ्गम मकवानुरका अध्यक्ष डीबी बर्तौलाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा भैरव अर्यालबारे सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले बोल्नुभएकाे थियो । उहाँले अर्यालभित्रको कवित्वका साथै साझा कथा, साझा एकाङ्कीको सम्पादन, गोर्खापत्रका उपसम्पादक र मधुपर्कको सम्पादक भएर साहित्यिक सम्पादकका रूपमा समेत आफूलाई सफल चिनाउनुभएको विचार राख्नुभयो ।
यस्तै, कार्यक्रममा सिस्नुपानी नेपाल मकवानपुरका उपाध्यक्ष मीनप्रसाद लामिछाने र सदस्य चिरञ्जीवि लामिछानेले हास्यव्यङ्ग्य कविता वाचन गर्नुभयो ।
कार्यक्रममा रमेशमोहन अधिकारी, मुना अर्याल, सुदर्शन अधिकारी, मुक्तिगोविन्द वैद्य, पुरूषोत्तम आचार्य, रजनी पौडेल, मधुकुमार ढुंगाना, शंकरप्रसाद कालाखेती, देवराज खरेल, राजुराम राउत आदिको उपस्थित रहेको थियो । स्वस्तिका दाहाललगायत साहित्य सर्जकहरू, साहित्यसेवीहरू, साहित्य अनुरागीहरूको उपस्थिति रह्यो ।
महेन्द्र ओझाले छायाङ्कन गर्नुभएको सो कार्यक्रमलाई साहित्य सङ्गमका सचिव मनोज पोखरेलले सहजीकरण गर्नुभयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
