हेटौंडा । राष्ट्रिय खुला कविता प्रतियोगिताका लागि उत्कृष्ट २० कविता छनौट गरिएकाे छ । प्रदेश युवा परिषद्, बागमती प्रदेशको आयोजना एवम् साहित्य सङ्गम मकवानपुरको सहकार्यमा आयोजित राष्ट्रिय खुला कविता प्रतियोगिताका लागि प्राप्त १५३ कवितामध्ये उत्कृष्ट २० कविताका कविहरूकाे नामावली प्रकाशन गरिएको हो ।

छानिएका कविहरूमा  अज्ञान प्रदीप, अविनाश भट्टराई, आदित्य राम (रिजन), उत्सव राज चौलागाई, ऋषिराम पाण्डेय, एलिसा एकलास, एस आर दुवाडी, गीता पुडासैनी, दिपिन सिजापती, देवेन्द्र अधिकारी, भीमप्रसाद खतिवडा अनुराग, मोहित जोशी, रजिता अधिकारी, विशप आचार्य ( युगेश), वैकुण्ठ लामिछाने, श्याम थापा, समर्पण न्यौपाने, सुमी पोखरेल, सुरज पराजुली र स्मिता श्रेष्ठ रहेका छन् ।

उत्कृष्ट २० मा पर्न सफल कविहरूले असोज २७ गते शनिवार बिहान ११:०० बजे आफ्नो कविता वाचन गर्नेछन् । हेटौँडास्थित रोयल पार्टी प्यालेसमा हुने सो कार्यक्रममा प्रतियोगिताको विजेताहरूकाे घोषणा गरिनेछ । पूर्व घोषणाअनुसार प्रथम, द्वितीय, तृतीय हुनेहरूलाई क्रमशः चालीस हजार, तीस हजार र बिस हजारका साथमा सम्मानपत्र प्रदान गरिनेछ ।

त्यस्तै, सान्त्वनास्वरूप एक कवितालाइ दस हजार नगदसहित सम्मान पत्र प्रदान गरिने छ । छनौट चरणमा परेका कविहरूलाई यातायात खर्च र सम्मान पत्र प्रदान गरिने सङ्गमका अध्यक्ष डीबी बर्तौलाले बताएका छन् ।