
साहित्य सङ्गम मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आइरहेको सम्मान तथा पुरस्कार यस वर्ष पनि घोषणा गरेको छ ।
सङ्गमले यस वर्ष गद्य कविता लेखनका थालनीकर्ता ‘गोपालप्रसाद रिमाल स्मृति सम्मान’–२०७८ वरिष्ठ कवि तथा नाटककार अविनाश श्रेष्ठलाई प्रदान गरिने भएको छ ।
रिमालका परिवारले अक्षयकोष स्थापना गरेको सम्मानको राशि २० हजार एक रुपैयाँ रहेको छ ।
त्यसैगरी, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयले स्थापना गरेको प्रगतिवादी कवि श्यामप्रसाद शर्माको स्मृतिमा स्थापना भएको ‘श्यामप्रसाद शर्मा स्मृति सम्मान’–२०७८ यसवर्ष साहित्यकार तथा पत्रकार नवराज शर्मा तिमल्सिनालाई प्रदान गरिने भएको छ ।
यस सम्मानको राशि १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।
यस्तै, हास्यव्याङ्ग्यकार डा.गणेशकुमार पौडेलले स्थापना गर्नु भएको ‘शान्तिदेवि स्मृति वनस्खण्डी साहित्य सम्मान’–२०७७ र ०७८ का लागि यसवर्ष क्रमशः लघुकथाकार तथा कवि श्रीओम श्रेष्ठ रोदन र कवि शान्ति प्रियवन्दनालाई प्रदान गरिने भएको छ । पौडेलले सासूआमाको नाममा स्थापना गर्नु भएको सम्मानको राशि जनही १० हजार एक रुपैयाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

