राज यात्री लम्साल, युएई । किरात राई यायोक्खा शाखा युएईले भव्य साँस्कृतिक कार्यक्रम गरी येलेदोङ संवत् ५०८४ मनाएको छ ।

कार्यक्रममा आमन्त्रित कलाकार “द भ्वाइस अफ नेपाल सिजन – ४” का दोस्रो अन्तिम प्रतिस्पर्धी चर्चित गायक पदम राई रहनुभएको थियो।

नेपाल आदिवासी जनजाति महासंघ युएईका संरक्षक सल्लाहकार तथा नेपाल आदिवासी जनजाती महासंघ अन्तर्राष्ट्रिय समन्वय तदर्थ समिति संयोजक साथै आईसिसिका संयोजकसमेत रहुनु भएका कार्यक्रमका विषेश अतिथि पासाङ शेर्पाबाट पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष विक्रम लिम्बू रहनुभएको थियो भने विशेष अतिथिहरुमा किराँत राई यायोक्खा शाखा युएईका संस्थापक संरक्षक सल्लाहकार मुक्ति राई तथा किराँत राई यायोक्खा शाखा युएईका निवर्तमान संस्थापक सल्लाहकार राजकुमार चाम्लिङ राई रहनुभएको थियो।

अतिथिहरुमा तमु समाज युएईका अध्यक्ष इन्द्रबहादुर तमु, नेपाल मगर संघ शाखा युएईका अध्यक्ष नयन घर्ती मगर, तामाङ समाज युएईका अध्यक्ष डिल्लीराम तामाङ, किरात याक्थुङ चुम्लुङ शाखा युएईका अध्यक्ष कमल लावती, नेवा पुच युएईका अध्यक्ष वीरेन्द्र नकर्मी, शेर्पा किदुक युएईका अध्यक्ष निमा शेर्पा, प्रवाशी भुजेल सेवा समिति युएईका अध्यक्ष तुलबहादुर भुजेल, थारु कल्याणकारी सभा युएईका अध्यक्ष भगराथी कुमार भगत, सुनुवार सेवा समाज युएईका अध्यक्ष नरबहादुर सुनुवार, प्रवासी नेपाली माझी समाज युएईका अध्यक्ष जोकबहादुर माझी हुनुहुन्थ्यो ।

त्यस्तै, आमन्त्रित अतिथिहरूमा किरात राई यायोक्खा शाखा युएईका निवर्तमान संस्थापक सल्लाहकार ईश्वर पुमा राई, किरात राई यायोक्खा शाखा युएईका सल्लाहकार तथा फलैंचा होटलका प्रवन्धक उमेश राई, किरात राई यायोक्खा शाखा युएईका निवर्तमान सल्लाहकार खम्बा सिङ राई, किरात राई यायोक्खा शाखा युएईका सल्लाहकार चन्द्रकला साम्पाङ राई, किरात राई यायोक्खा शाखा युएईका साहित्य कला संस्कृति विभागका निवर्तमान अध्यक्ष जीरन थुलुङ, किरात राई यायोक्खा शाखा युएईका सल्लाहकार तथा किराया युएईका स्मारिका प्रकाशनका संयोजक मुंचे राई, किरात राई यायोक्खा शाखा युएईका सल्लाहकार तथा नेफिन निवर्तमान अध्यक्ष विजय सम्पाङ राई, झापा सेवा समाजका अध्यक्ष अमर राई, मिस्टर ईण्डिजिनियस २०२२ बाट केशवराज महतो, मिस्टर ईण्डिजिनियस २०२३ बाट दिनेशकुमार लिम्बू र निशा घिसिङ रहनुभएको थियो।

त्यसैगरी, कार्यक्रमको प्रायोजकहरूमा माछापुच्छ्रे ट्राभल्सका प्रबन्धक ठाकुरप्रसाद ढुङ्गाना, पिपल ट्राभल्सका प्रबन्धक बाबुराम लोप्चन, प्राइम एपेक्स इन्कका सुनुवार राई, एक्सिस ग्राफिक एण्ड डिजाइनका प्रबन्धक सुरेन्द्र लामा र ओम लामा, संजय गार्मेन्ट म्यानेजिङ डाइरेक्टर केएम खरेल, गण्डकी फुड स्टक तथा मनकामना रेस्टुरेन्टका प्रबन्धक दिप्ती राई, एमटि ८८४८ रेस्टुरेन्टका सञ्चालक पेम्बा, एमटि एभरेस्ट ज्वलरीका प्रबन्धक नरबहादुर घले, डाजल ब्युटी सैलुनका प्रबन्धक चन्द्रिका भण्डारी, सिस्टम सेक्रेट सैलुनका प्रबन्धक सरिता राई, घान्तुत स्टार रेष्टुरेन्टका प्रबन्धक श्रीभवानी नेपाल तथा डिएल घिमिरे, हेरिटेज भिलेज रेस्टुरेन्टका प्रबन्धक रामशरण खतिवडा रहनुभएको थियो।

कार्यक्रममा हाम्रो कुराकानी च्यानल, सोल्टिन टिभी फोनिजबाट पत्रकार लालबहादुर ढेङ्गा, साहित्यपोस्ट युरोप संयोजक कवि डिजी शर्मा, सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय सदस्य तथा साहित्यपोस्टका युएई संयोजक राज यात्री लम्साल रहनुभएको थियो ।

नेपाली राष्ट्रिय गानपछि किराती राष्ट्रिय गीत पनि कार्यक्रममा डिके किराती, सरु शीतल राई, रन्जु राई, अर्जुन साम्पाङ राईद्वारा प्रस्तुत गरिएको थियो ।

स्वागत मन्तव्य किरात राई यायोक्खा शाखा युएईका संयोजक समेत रहनु भएकी सरु शीतल राईले दिनु भएको थियो । उहाँले किरातहरूको साझा येलेदोङ संवत् हुँदाहुँदै राईले मात्र अहिले आएर संरक्षण र सम्वर्धन गर्नुपरेको तितोसत्य बताउनु भएको थियो । हिजोअस्ति खुवालुङबाट छुट्टिएर गएका केही लिम्बू सम्प्रदायहरू अहिले आएर किराती हैनौँ भन्न थालेको दु:खद गुनासो पनि गर्नुभएको थियो ।

किरात राई युएई शाखाका संस्थापक, संरक्षक तथा सल्लाहकार मुक्ति राईले कार्यक्रमलाई शुभकामना मन्तव्य दिनुभएको थियो । उहाँले संवत्लाई आधार मान्ने हो भने किरात येलेदोङ संवत् संसारको सबैभन्दा पुरानो संवत् हुनसक्छ र यसबारे आवश्यक अनुसन्धानको आवश्यकता परेको कुरा औल्याउनु भएको थियो भने येलेदोङ किन मनाइँदै आइएको छ भन्ने विषयमा उपाध्यक्ष डिके किरातीले प्रकाश पार्नुभएको थियो।

एक नम्बर प्रदेशमा पहिचानका लागि लड्दा लड्दै सहिद हुनु भएका स्व. पदम लिम्बुको आत्माको चीरशान्तिको लागि एक मिनेट मौन धारण पनि गरिएको थियो ।

किरात राई यायोक्खा शाखा युएईका अध्यक्ष तथा कार्यक्रमको सभापति रहनु भएका राज संगम राईले येलेदोङ संवत् माघ १ गते भए पनि प्रवास बसाइमा विविध कारणले नमिलेको हुँदा यसरी मनाउनु परेको जानकारी गराउनु भएको थियो ।

यसको अतिरिक्त सोही कार्यक्रममा धरानमा “सुम्निमा-पारुहाङ्ग”को प्रतिमा निमार्णको लागि आर्थिक सहयोग रकम रु. ८,०००००/- (नेपाली आठ लाख अक्षरुपी ) उठिसकेको जानकारी पनि गराउनु भएको थियो । यस महाअभियानलाई धरानका मेयर हर्क साम्पाङले अगाडि बढाइरहनु भएको कुरा कार्यक्रममा प्रस्ट्याउँदै औपचारिक कार्यक्रमको समापन गर्नुभएको थियो ।

अनौपचारिक कार्यक्रमको सुरुवातमा स्थानीय कलाकार आस्था राई र प्रशन्ना राईले नृत्य प्रस्तुत गर्नुभएको थियो भने नृत्यकै क्रममा कान्छी योन्जन, होम मगर र अस्मन तामाङ, सरस्वती शाक्य र प्रतिमा बज्राचार्य, सामूहिक कौडा नृत्यमा सबिता थापा मगर, सबिता आले मगर, माया रजली मगर, रश्मि आले मगरले आआफ्नो प्रस्तुति दिनुभएको थियो ।

गायनमा आरडी चम्स, काजल राई, प्रदीप पुन मगर, ठाकुर राई, संजय सोनी, मिलन बंजन, मनिष लोप्चन, संजय पुमा राई, फ्रेक, अमर राई, सन्तोष राई, सानू बान्तवा राईले प्रस्तुति दिनु भएको थियो ।अल आइनदेखि पाल्नु भएका कवि डिजी शर्माले कविता वाचन गर्नुभएको थियो भने सबिना राईले नाटक प्रस्तुत गर्नु भएको थियो ।

अबुधाबीदेखि कार्यक्रमको निमन्त्रणालाई स्वीकार गरेर ६ जनाको साङ्गीतिक टिमको पनि कार्यक्रममा उपस्थिति थियो जसमा गायक तथा संगीतकार दिपराज नियोङहाङ, हार्मोनियम तथा गायनमा शिशिर थापा, तवला तथा गायनमा शर्मिला सिग्देल, गिटारमा रविन्द्र मगर र बाबुराम क्षेत्रीलगायत गायनमा राज यात्री लम्सालसहितको टिमले प्रस्तुत गरेका समसामयिक गीतहरुले दर्शकहरूलाई भरपुर मनोरञ्जन दिलाइरहेको देखिन्थ्यो ।

आमन्त्रित कलाकार “द भ्वाइस अफ नेपाल सिजन- ४ “का दोस्रो अन्तिम प्रतिस्पर्धी चर्चित गायक पदम राईका आकर्षक प्रस्तुतिहरुले माहोल नै संगीतमय भएको थियो । आरजे किराती र अर्जुन साम्पाङ राईले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो दुई सयभन्दा बढी दर्शकहरुले भरिभराउ कार्यक्रम बरदुबईको आब्रा ब्लु प्यालेस रेस्टुरेन्टमा स्थानिय समय दिनको एक बजेदेखि साँझको सात बजेसम्म चलेको थियो।