राज यात्री लम्साल (युएई) । म्युजिक भिडियो लोकार्पण तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय नेपाली समाज युएई, अन्तर्राष्ट्रिय सेफ सोसाइटी युएई, झापाली समाज युएई, सुनसरी समाज युएई, ताप्लेजुङ सेवा समाज युएई, ओखलढुङ्गा समाज युएईको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएकाे हो ।
कार्यक्रममा सोनी भण्डारीद्वारा गायिएको “मनै भरिन्छ” गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको हो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कविता प्रतियोगिता २०८१ को उत्कृष्ट पच्चिस कविहरुमा पर्न सफल कवि, घान्तुत नेपाली रेष्टुरेन्ट आब्राका सञ्चालक, अन्तर्राष्ट्रिय नेपाली समाज युएईका महासचिव भवानी नेपालका साथै ताप्लेजुङ सेवा समाज युएईकी पूर्वअध्यक्ष, गीतकार तथा गायिका सोनी भण्डारी र गुल्मी सेवा समाज युएईकी उपाध्यक्ष महिला व्यावसायी सरस्वती पौडेल गरी तीन जना स्रष्टाहरुलाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रमको सभापतित्व सुनसरी समाज युएईका अध्यक्ष सुरेन्द्र लामाले गर्नुभएको थियो । त्यसैगरी, प्रमुख अतिथिमा एनआरएनए, एनसीसी युएई अध्यक्ष विकास शाही हुनुहुन्थ्यो भने अतिथिहरुमा नेपाल पत्रकार महासंघका प्रतिनिधि उमाकान्त पाण्डे, रुपेश अधिकारी, कृष्ण कुवर, विजय थापा, लालबहादुर धेगा, गायक तथा ज्योतिष प्रकाश पौडेल रहनुभएको थियो ।
अतिथिहरुकै क्रममा एनआरएनए एनसीसी सदस्य एलिना श्रेष्ठ, ताप्लेजुङ सेवा समाजका अध्यक्ष बुद्ध लिङ्देन, अन्तर्राष्ट्रिय नेपाली समाज युएईका सल्लाहकार रामप्रसाद ढुङ्गेल, झापाली समाज अबुधाबी क्षेत्रीय समिति अध्यक्ष सूर्यबहादुर खवास तथा तनहुँ सेवा समाज युएई उपाध्यक्ष गणेश बस्नेत र ओखलढुङ्गा समाज युएई संयोजक काशिराम दाहाल रहनुभएको थियो ।
त्यस्तै, साहित्यपोस्ट युएई संयोजक, सगरमाथा साहित्य प्रतिष्ठान केन्द्रीय सदस्य तथा प्रदेश एक इन्चार्ज राज यात्री लम्सालको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्घाटन राष्ट्रिय गानबाट गरिएको थियो भने झापाली समाज युएईका महासचिव लोकेश कोइरालाले स्वागत मन्तव्य राख्नु भएको थियो । गीतको समीक्षा गीतकार दिनेशराज पुरी तथा राज यात्री लम्सालले गर्नुभएको थियो।
प्रमुख अतिथि शाहीले परदेशमा नेपाली श्रमिकहरुको समस्या र हकहितका लागि साथै महिलाहरुका समस्याहरूमा एनआरएनए एनसीसी सँधै साथमा रहेको र काम गर्दै आइरहेको जानकारी गराउनु भएको थियो।
कार्यक्रमको सञ्चालन कार्यक्रमका संयोजक तथा पत्रकार रामप्रसाद ढुङ्गेल तथा नेपाल पत्रकार महासंघका युएई प्रतिनिधि पत्रकार उमाकान्त पाण्डेले गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।