राज यात्री लम्साल (युएई) । सगरमाथा साहित्य प्रतिष्ठानको मिति फागुन ६ गते २०८० (सन् २०२३ फेबुअरी १८) आइतबारका दिन जुममार्फत पाँचौँ सम्पन्न भएको छ । महाधिवेशन समर चेम्जोङ ‘आभाष’लाई आगामी कार्यकालका लागि अध्यक्षका चयन गर्दै सम्पन्न भएको हो ।

केन्द्रीय महाधिवेशनले संस्थाका वर्तमान् अध्यक्ष अजित उत्सवलाई स-सम्मान बिदाई गर्दै संस्थाका केन्द्रीय संरक्षक समर चेम्जोङ ‘आभाष’लाई आगामी कार्यकाल (सन् २०२३-२०२५) का लागि नयाँ अध्यक्षका रूपमा सर्व-सम्मत चयन गरेको हो ।

समर चेम्जोङको नेतृत्वमा बनेको नयाँ कार्यसमितिमा पदाधिकारीका रूपमा वरिष्ठ उपाध्यक्षमा जीरन थुलुङ राई, उपाध्यक्षमा सरु शीतल राई, महासचिवमा रोहित कुँवर, सचिवमा कुसुम नेपाली (जापान), सहसचिवमा लिली अधिकारी (स्पेन), कोषाध्यक्षमा काजल राई, सहकोषाध्यक्षमा अमृता बान्तावा राई तथा प्रवक्तामा राजेशराज गड्तौला (नेपाल) सर्व-सम्मत चयन भएका छन् ।

त्यस्तै, केन्द्रीय सदस्यहरूमा अमन एकल (नेपाल), सुजन सिरेङ चोङ्बाङ (युएई), चन्द्र सम्बाहाम्फे (नेपाल), राज यात्री लम्साल (युएई), सुमित्रा सुमी (नेपाल), युवराज खतिवडा (नेपाल), कृष्ण घिमिरे (नेपाल), डीके किराँती (युएई), धनकबहादुर मगर (नेपाल), किरण टी. लिम्बु (यूके), मुन्चे राई (युएई), आस्था निरौला, किशोर धिमाल, मञ्जुल मितेरी (जापान), नैना सुब्बा बराइली (भारत) र नकुल पौडेल रहेका छन् ।

२०२९ श्रावण १० मा बुवा वीर बहादुर लिम्बू तथा आमा सन्च रानी लिम्बुका कोखबाट लेटाङ नगर पालिका वाड न.४ मोरङमा स्थाई बसोबास गर्दै आउनुभएका “आभाष” एक दशकभन्दा लामो समयदेखि युएईको अल आइनमा कार्यरत हुनुहुन्छ । साहित्य लेखनको सुरुवात २०५० बाट सुरु गर्नुभएका नवनियुक्त अध्यक्षको २०७८ सालमा “निलो परदेश” कवितासंग्रह प्रकाशित छ भने केही थान गीतहरु, “प्रवासका फूलहरु” संयुक्त कवितासंग्रह तथा फुटकर कविताहरू प्रकाशनमा आइसकेका छन् ।

साहित्य संगम नुवाकोटको आजीवन सदस्य, सिर्जना वाचन डबली सदस्य तथा स्थापना काल (२०६९) देखि नै सगरमाथा साहित्य मन्च हुँदै सगरमाथा साहित्य प्रतिष्ठानमा सहकोषाध्यक्ष, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष, संरक्षक हुँदै चेम्जोङ अध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो ।

संस्थाका निवर्तमान अध्यक्ष अजित उत्सवको अध्यक्षतामा सम्पन्न भएको उक्त अधिवेशनमा संस्थाका १८ जना पदाधिकारीहरूः अध्यक्ष अजित उत्सव, उपाध्यक्ष सरु शितल राई, महासचिव डिएल घिमिरे, सचिव सुजन सिरेङ चेङवा लिम्बू, प्रवक्ता राजेशराज गड्तौला, कोषाध्यक्ष चन्द्र सम्बाहाम्फे लिम्बू, नेपाल शाखा इन्चार्ज अमन एकल, नेपाल शाखा अध्यक्ष बुद्धिबल श्रेष्ठ, कर्णाली प्रदेश अध्यक्ष बबिता बिष्ट, केन्द्रीय सदस्यहरू लिली अधिकारी , राज यात्री लम्साल, युवराज खतिवडा, भाषा तथा साहित्य विभाग प्रमुख जीरन थुलुङ, केन्द्रीय सहसचिव रोहित कॅुवर, लेखा विभाग प्रमुख दुरबस्तीको शिशिर रेखी, संरक्षक विवेक दुलाल क्षेत्री, संरक्षक समर चेम्जोङ आभाष, नेपाल शाखा संरक्षक जिपी तिवारीलगायतको उपस्थिति रहेको थियो ।

अधिवेशनले नयाँ केन्द्रीय अध्यक्ष चयन गर्नु पहिले निवर्तमान अध्यक्ष अजित उत्सवका तर्फबाट संस्थाको जानकारीसहितको प्रतिवेदन, निवर्तमान महासचिव डिएल घिमिरेले साङ्‌गठनिक प्रतिवेदन र कोषाध्यक्ष चन्द्र सम्बाहाम्फे लिम्बूले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्दै अजित उत्सवले प्रस्तुत गर्नुभएको साङ्‌गठनिक प्रतिवेदनमा केही जानकारीहरू र थप सुझावसहित सर्वसम्मत रूपमा पारित भएको थियो ।

उक्त समयमा संस्थाका निवर्तमान अध्यक्ष उत्सव तथा महासचिव डिएल घिमिरेले संस्थाका सम्पूर्ण सदस्यहरुप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

उक्त अधिवेशनले विवेक दुलाल क्षेत्री (नेपाल), किरण कौशल मियोङ्बा (पोर्चुगल), अजित क्षेत्री (द. कोरिया), सेल्कर पाख्रिन (नेपाल) शाश्वत ढुङ्गाना (युएई), दूरबस्तीको शिशिर (नेपाल) लाई सर्वसम्मत रूपमा संस्थाको संरक्षक चयन गरेको प्रवक्ता राजेशराज गड्तौलाज्यूले जानकारी गराउनुभयो ।

पदाधिकारी, केन्द्रीय सदस्य तथा ६ जना संरक्षकसमेत गरी ३१ जनाको केन्द्रीय कार्यसमिति रहेको प्रतिष्ठानले जनाएको छ।

कार्यक्रमको सहजीकरण निवर्तमान केन्द्रीय महासचिव डिएल घिमिरेले गर्नुभएको अधिवेशन युएई समयअनुसार बेलुकाको ५ बजेदेखि राति ८: ३५ बजेसम्म चलेको थियो ।