
डिजी शर्मा । रोजगारीको सिलसिलामा लामो समयदेखि युएईमा रहँदै आउनुभएका गजलकार राज यात्री लम्सालले “कति माया गर्छु तिमीलाई” बोलको गीत सार्वजनिक गर्नुभएको छ । गायक सिडी विजय अधिकारी र पछिल्लो समय सामाजिक सञ्जालमार्फत चर्चामा आउनुभएकी गायिका सिम्रन परियारको आवाज रहेको सो गीत केही दिनअघि सार्वजनिक गरिएको हो ।
स्वदेशमै केही गर्नुपर्छ भन्ने सन्देश बोकेको गीतमा प्रसिद्ध सङ्गीतकार राजकुमार बगरले सङ्गीत भर्नुभएको छ । गीतलाई गजलकार लम्सालले आफ्नै युट्युब च्यानल “Raj Yatri” मार्फत सार्वजनिक गर्नुभएको छ ।
गीतमा कमल सौरागको सङ्गीत संयोजन रहेको छ भने मिक्सिङ/माष्टरिङ सङ्गीतकार बगर स्वयमले नै गर्नुभएको छ l
प्रहिल कार्कीको निर्देशन रहेको म्युजिक भिडियोमा कलाकार निक्स शर्मा, बिना राउत, गायक सीडी बिजय अधिकारी र अनिषा न्यौपानेको मुख्य अभिनय देख्न सकिन्छ ।
भिडियोको छायांकन उत्तम हुमागाईंले गर्नुभएको हो भने दृश्य तथा रङ्ग सम्पादन माधव बेल्बासेले गर्नुभएको हो ।
दशैँको अवसर पारेर गीत सार्वजनिक गरिएको गजलकार लम्साल बताउनु हुन्छ । उहाँका थप केही गीतहरु चाँडै सार्वजनिक गर्ने तयारीमा रहेको लम्सालले जानकारी गराउनुभएकाे छ ।
गजलकार लम्साल यस साहित्यपोस्टको युएई संयोजक समेत हुनुहुन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

