विद्वान बन्नुहोस् देखिँदैन देखिने धन हुन्छ
सम्पति हेरेर यहाँ मान्छेको मूल्याङ्कन हुन्छ

परदेश पुगेपछि छोराले तुलना गर्नै सकेन
पराईको कहाँ आमाको जस्तै मन हुन्छ

तिमी फर्कियौ सोचेथें बा फर्कनेछन् फेरि
सोचिनँ मृत्युको कारण तिम्रै वचन हुन्छ

कात्रो किन्न आएको हुँ पैसा सकियो साहुजी
दुई टुक्रा उबारिदिनु छोरीलाई रिबन हुन्छ

अहिले पो बूढो भएँ केही गरे पनि सुहाउँदैन
हाँस्दा होस्, रुँदा होस्, सुहाउने बचपन हुन्छ ।

सुन्दर हरैचा न.पा. ८
सलकपुर, मोरङ
हाल: अबुधाबी युएई