साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई कृषि विज्ञका रूपमा आफ्ना परिचय स्थापित गरिसकेका कवि तथा गजलकार डा. हरिकुमार श्रेष्ठकृत पुस्तक “तरङ्ग” प्राप्त भएको छ ।
८८ पृष्ठमा बुनिएको यस पुस्तकमा ७४ थान गजल संग्रहित छन् ।
“हालको जर्जर राजनीतिक अवस्था र भ्रष्ट्राचारको जालोबाट उन्मुक्ति पाउनु भनेको फलामको च्युरा चपाउनु जस्तै बनेको छ । यिनी बीउबिजन क्षेत्रमा अब्बल दर्जाकै मानिए तापनि मौकामा बीउबिजनको क्षेत्रमा अध्ययन र अनुभवै नभएकाले चौका हान्दा भने हाम्रो देशको कर्मचारी छनौट प्रक्रियाप्रति सन्तुष्ट छैनन् यिनी ।” सम्पादकीयमा लेखिएको छ, यिनका रुचिमा भ्रमण, प्राकृतिक संरक्षण, पत्रकारिता, कविता लेखन, गजललेखन, नियात्रा लेखन, अनुसन्धानात्मक काम र समाज सेवा पर्दछन् । विभिन्न पत्रिकामा प्रकाशित यिनका सयौं साहित्यिक लेख पाठकप्रिय बनेका पाइन्छ ।”
“…डा. श्रेष्ठका सिर्जना ‘सिकारु’का भन्दा माथि छन् र भविष्यमा ‘उत्कृष्टता’को यात्रामा छन् । यसमा किन पनि ढुक्क हुन सकिन्छ भने डा. श्रेष्ठ परिष्कारवादी, मिहिनेती र गुणी व्यक्ति हुनुहुन्छ आफैँमा ।” भूमिकामा घनेन्द्र ओझा प्रस्तुत गर्दछन्, “डा. श्रेष्ठले आफ्ना गजलमा सबै किसिमका विषयवस्तुलाई प्रस्तुत गर्नुभएको छ कतै प्रेमका बान्की छन्, कतै सामाजिक, सांस्कृतिक र राजनीतिक विकृतिप्रति तीखो प्रहार छ, कतै मानवीय संवेदनामा आइरहेको ह्रासप्रतिको चिन्ता छ । वैश्विक हिंसा र अशान्तिका कारण सिर्जित भयको उजागर पनि भएको छ यस कृतिका गजलमा । यी यावत् विषयलाई गजलको संरचनामा, उचित लयमा, कलात्मक रूपले प्रस्तुत गर्ने उहाँको प्रयास प्रशंसनीय छ ।”
पुस्तकलाई अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चले बजारमा ल्याएको हो र मूल्य १ सय ५० रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।