काठमाडाैं । यस वर्षकाे ग्वंगः सिरपा सम्मान अग्रज निबन्धकारहरू प्राडा अभि सुवेदी र गाेविन्दराज भट्टराईलाई प्रदान गरिने भएकाे छ । साहित्यिक सम्मान सङ्गम (२०५०) का संस्थापक संरक्षक वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगःको उपस्थिति तथा संगमका संयोजक साहित्यकार श्रीओम श्रेष्ठ `राेदन´को अध्यक्षतामा सम्पन्न बैठकले उक्त निर्णय गरेकाे हाे ।
हरेक दुई वर्षमा दुई जना निबन्धकारलाई प्रदान गरिने यो सम्मानमा दुवै जनालाई रु. ५०/ ५० हजार नगद राशिसहित ताम्रपत्र प्रदान गरिन्छ ।
समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गाैतम, साहित्यकार ध्रुव मधिकर्मी र जितेन्द्रको सिफारिसका आधारमा गरिएको उक्त सम्मान आगामी मङ्सिरको पहिलो हप्ता विशेष समारोहमा प्रदान गरिने संयोजक रोदनले जानकारी गराएका छन् ।
वि.सं २०५० मा कविवर केदारमान व्यथितलाई सम्मान गरेपछि साहित्यिक सम्मान सङ्गमको स्थापना भएकाे थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।