सन् २०२२ को अनेवा पुरस्कार कथाकार तथा नियात्राकार गीता रेग्मीलाई प्रदान गरिने भएको छ । अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठानको बैठकले ‘प्रशान्तको तीरैतीर’ पुस्तकका लागि रेग्मीलाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कार छनोट समितिमा प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्य, गोपी सापकोटा र जया राई थिए । प्रतिष्ठानकाले सेप्टेम्बरमा लण्डनमा एक विशेष समारोहबिच पुरस्कार प्रदान गरिने जनाएको छ । पुरस्कारको राशि ७५ हजार रुपैयाँ छ ।

कथाकार तथा नियात्राकार रेग्मीका ‘परिचय’, ‘पुस्तान्तर’, ‘ज्योतिका युगीन स्वरहरू’, ‘पश्चिमाहरूको देशमा’, ‘पत्थरैपत्थर’ कृतिहरू प्रकाशित छन् । प्रतिष्ठानको उक्त पुरस्कारबाट विगतमा अमर न्यौपाने, शान्ता चौधरी, कैलाश लिम्बुलाई सम्मान गरिएको थियो ।

सन् २०१२ मा स्थापित प्रतिष्ठानले नेपाली साहित्यकारलाई प्रोत्साहन र साहित्यको जगेर्नाका लागि लण्डनमा साहित्यिक गतिविधि गर्दै आएको छ ।