काठमाडौँ / असार १५ को अवसर पारेर सम्भव समूहले ‘पदयात्रामा कविता’ कार्यक्रम सम्पन्न गरेको छ । समूहले चन्द्रागिरि नगरपालिका ७, चेकपोस्ट देखि चन्द्रागिरि हिल्ससम्मको हाइकिङ र कविता वाचनसँगै ‘पदयात्रामा कविता” कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा कविहरू सुरज राना, राज एकान्त र मञ्जुल मिथोचले दुई चरणमा आफ्ना विभिन्न शीर्षकका ४/४ ओटा कविता सुनाए ।

कार्यक्रममा कवि मञ्जुल मिथोचले ‘प्लेकास्ट’, ‘झन्डाको मान्छे’, ‘असम्भव”र ‘रातो पोखरी’ लगायतका कविताहरू वाचन गरेका थिए ।

त्यसैगरी कवि राज एकान्तले ‘घाम’, ‘युवा’, ‘तिमी सहर पसेपछि’ , ‘छापामारको सन्देश’ लगायतका कविता प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कवि सुरज रानाले ‘बन्दुकले कविता लेख्न थाल्छ’, ‘अक्षरहरू’, ‘ओ बाहुनी’, परिवर्तन लगायतका कविताहरू वाचन गरेका थिए कार्यक्रममा अतिथि कविको रूपमा कवि भूमिका थारूले पनि आफ्ना एक कविता सुनाएका थिए । कवि उत्तम लिम्बुको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन कवि युग सर्वनामले गरेका थिए ।