असार पन्ध्रको मेसोमा सम्भव समूहले `पदयात्रामा कविता´ कार्यक्रम गर्ने भएको छ । चन्द्रागिरि नगरपालिकाको चेकपोष्टबाट कविता पदयात्रा सुरु गरेर चन्द्रागिरिको टाकुरा/डाँडामा पुगी औपचारिक कार्यक्रम गर्ने सम्भव समूहले जनाएको छ ।
कविताको भूगोल ब्रह्माण्ड जतिकै फराकिलो भएको तर केही सङ्कुचित/सीमित संरचनामा रहेर मात्र लेखिइरहेकाले यसलाई फराकिलो पार्नका लागि यो कार्यक्रमको आयोजना गरेको आयोजकले बताएको छ ।
पदयात्रामा कविता कविहरू सुरज राना, राज एकान्त र मन्जुल मिथोचले कविता वाचन गर्नुहुने छ । त्यहाँ वाचन हुने कविहरूको कवितामाथि कवि सन्जित फलानाले टिप्पणी गर्नुहुने छ ।
सो कार्यक्रममा सम्पूर्ण सर्जक तथा लेखकहरूलाई उपस्थितिका लागि सम्भव समूहले आह्वान गरेको छ । उपस्थित सम्पूर्णले अतिथि कविका रूपमा एक एकवटा कविता वाचन गर्ने आयोजक समूहले जनाएको छ ।




साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२६ कार्तिक २०८२, बुधबार 










