सम्भव समूहको आयोजनामा कथाकार दिलिप बान्तावाको कृति ताल्चामाथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।

ताल्चा-चर्चा नाम दिइएको उक्त कार्यक्रममा कवि स्वप्निल स्मृती, कथाकार प्रगती राई र बिना थिङ तामाङले टिप्पणी गर्नुभएको थियो भने सुरज रानाले सहजीकरण गर्नुभएको थियो।

ताल्चा कृतिभित्र आलोचनात्मक यथार्थको कथाहरु समावेस भएको बिना थिङज्युको बिचार थियो। स्वप्निल स्मृतिले उत्कृष्ट कथ्य र शिल्पमा लेखिएको बिरलै राम्रो पुस्तममध्ये ताल्चा पनि एक हो र यसमा माँझकिँरातको खास कथा लेखिएको छ। यसले पहिचान र आन्चलिकता लेखनलाइ बढावा दिएको बिचार व्यक्त गर्नुभो। त्यसैगरी प्रगती राइले कृतिले उत्पिडित समुदायको कथाहरु दुरुस्तै उतारेको बिचार व्यक्त गर्नुभो।

बागबजारको सिटि म्याक्सको हलमा सम्पन्न भएको उक्त कार्यक्रममा प्राज्ञ सदस्य चन्द्र रानाहाँछा, कवि राबत, केसब सिलवाल, राजु स्याङ्तान, मुक्तान थेबा, अन्जना इछमफुल, मन्जुल मितेरी, पत्रकार तथा कवि सीता तुम्खेवा लगायतका व्यक्तित्वहरुको उपस्थिती थियो।