साताका पुस्तकका रूपमा साहित्यपोस्टलाई लेखक डा. कृष्णप्रसाद पौडेलकाे पुस्तक “लय छुटेको समय” प्राप्त भएको छ ।
२ सय ६४ पृष्ठमा रहेको यस पुस्तकमा ‘रोगका जरा कहाँसम्म’, ‘रोगको उपचार गरौँ कि गरिबीको’, ‘यसरी बचौँ कोभिड-१९ बाट’, ‘निषेधाज्ञा सुरु’, ‘डराउँदै उपचार’, ‘निरन्तरको कहर’, ‘शब्दसूची’लगायत ५८ वटा शीर्षकलाई ‘ उपचारको उपक्रम’ र ‘लकडाउन डायरी’ दुई खण्डमा समावेश गरेका छन् ।
“कृष्णप्रसाद पौडेल पेसाले चिकित्सक हुन् । अर्थोपेडिक विषयका प्राध्यापक उनी समाजशास्त्रमा पनि स्नातकोत्तर छन् । धरानस्थित वी. पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनपश्चात् देशका विभिन्न अस्पतालहरू साथै विदेशका अस्पतालहरूमा समेत उनले काम गरिसकेका छन् । देश र विदेशमा अध्ययन, तालिम र काम गर्दा बिरामीलाई गर्नुपर्ने उपचारका साथै बिरामीले बोकेर ल्याएको समाज र परिवेशमा चासो राख्ने बानीले उनको मेडिकल सोसियोलोजीमा चाख बढेको हो ।” पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “यस किताबमा एउटा चिकित्सकको आँखामा बिरामी र समुदायको दृष्टिले स्वास्थ्यकर्मी र अस्पताललाई हेर्दा निस्केका कुरालाई केलाइएको छ साथै कोभिड महामारीका वस्तुस्थितिहरूको अनुभव वर्णन गरिएको छ । यसमा निबन्ध शैलीमा लेखिएका बिरामी र डाक्टरका कथाहरू छन् । उनको यो तेस्रो पुस्तक हो । यसअघि उनका ‘कम्मरदेखि कोभिड कहर’ निबन्धसङ्ग्रह र ‘खुसीहरूको वनवास’ कवितासङ्ग्रह प्रकाशित भइसकेका छन् ।”
पुस्तकलाई साङ्ग्रिला पुस्तक प्रा.लि.ले प्रकाशनमा ल्याएको हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ मंसिर २०८२, मंगलवार 










