
साताका पुस्तकका रूपमा साहित्यपोस्टलाई अनुसन्धानकर्ता नन्दु उप्रेतीको अनुसन्धानमूलक कृति “नेपाली लघु उपन्यास परम्परा र प्रवृत्ति” प्राप्त भएको छ ।
१ सय ३६ पृष्ठमा फैलिएको यस पुस्तकमा लघु उपन्यासको सिद्धान्त, लघु उपन्यासको उपन्यास र कथासँग तुलना, नेपाली लघु उपन्यास परम्परा र प्रवृत्तिगत अवस्था, नेपाली लघु उपन्यासहरूको अध्ययन र विश्लेषण, सारांश र निष्कर्ष गरी पाँच परिच्छेदबाट लघु उपन्यासको परिचयात्मक विवेचना गरिएको पाइन्छ ।
“यस कृतिमा आख्यान साहित्यअन्तर्गतको लघु उपन्यास र तिनको अवस्था, परम्परा र प्रवृत्ति एवं पहिचानसम्बन्धी विश्लेषणात्मक अध्ययन गरिएको छ ।” मन्तव्यमा माया ठकुरी लेख्छन्, “यस अनुसन्धान कृतिका लेखक नन्दु उप्रेतीका अनुसार नेपाली लघु उपन्यासलाई परिभाषित गर्न अझै बाँकी छ । आकारका हिसाबले होस् वा अन्य आन्तरिक तत्गत विशेषताका आधारमा होस् नेपाली उपन्यास विधाले पूर्ण रूपले परिभाषित हुन पाएकै छैन । त्यसकारण यस सम्बन्धमा लेखक समालोचक, पाठक कसैको पनि स्पष्ट अवधारणा बनिसकेको अवस्था छैन । यस कृति नन्दु उप्रेतीले अत्यन्त मिहिनेत गरेर तयार पार्नुभएको हो । यसका लागि म अनुसन्धानकर्ता नन्दु उप्रेतीलाई नेपाल प्रज्ञा-प्रतिष्ठान र साहित्य (गद्य, आख्यान) विभागका तर्फबाट हार्दिक बधाई दिन्छु ।”
पुस्तकलाई नेपाल प्रज्ञा प्रतिष्ठानले बजारमा ल्याएको हो । पुस्तकको मूल्य २ सय ७५ रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

साताका पुस्तक : कमला महतकाे ‘अनन्त’देखि उपाध्यायकाे ‘मिन्झारी’सम्म

साताका पुस्तक : कार्कीको ‘सन्दिग्ध शताब्दी’देखि प्रेरणाको ‘सुश्री पारिजात’सम्म

साताका सात पुस्तक : ‘रैतीको इतिहास’देखि ‘नयाँ नेपालको आधुनिक इतिहास’

साताका पुस्तक : रेणुका जिसीकाे ‘सनेस’देखि राजु अधिकारी‘सत्य हरण’सम्म
