बर्दघाट, बैशाख २१ / बर्दघाट प्रज्ञा प्रतिष्ठान भाषा तथा साहित्य विभागको आयोजनामा आज कविता, गीत, मुक्तक र हाइकु लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपानेको अध्यक्षता र नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
नगरक्षेत्रका साहित्यक्षेत्रमा चासो राख्ने व्यक्तिहरूसहित विद्यालयका शिक्षक तथा विधार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा साहित्यकार रमेश समर्थकले कविता, गीत, मुक्तक र हाइकु लेखनका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले यस प्रकारका तालिमहरूले नयाँ स्रष्टा उत्पादनमा प्रोत्साहन हुनुका साथै भएका स्राष्टाहरूलाई माझिनमा सहयोग पुग्ने धारणा राख्नु भएको थियो ।
परिषद सदस्य जीवनाथ पौडेलको स्वागत मन्तव्य र भाषा तथा साहित्य विभाग संयोजक हुमनाथ आचार्यको सञ्चालन रहेको कार्यक्रममा बोल्दै कुलपति न्यौपानेले साहित्यिक रचनामा समाज परिवर्तनको ल्याकत रहने भएकाले रचनाकार भनेको समाज सुधार्ने एउटा माध्यम पनि रहेको धारणा राख्नु भएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख रुद्रप्रकाश उपाध्याय, शिक्षा युवा तथा खेलकुद् शाखा प्रमुख लोकराज पन्थी लगायतको उपस्तिथि रहेको थियो ।
बर्दघाटबाट कृष्ण ढकालको रिपोर्ट
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।