नवलपरासीस्थित बर्दघाट प्रज्ञा प्रतिष्ठानले लुम्बिनी प्रदेशस्तरीय प्रतियोगितात्मक कविगोष्ठी आयोजन गर्ने भएको छ । सो कविगोष्ठीका लागि लुम्बिनी प्रदेशभरिबाट रचना आह्वान गरिएको छ ।
कविता नेपालीभाषामा लेखिएको हुनुपर्ने, पेस गरिएका कविता बढीमा २०० शब्दको हुनुपर्ने, कवितामा कुनै जात, धर्म, सम्प्रदाय, लिङ्ग, आदिको आलोचना नगरिएको हुनुपर्ने, कविता कुनै पनि छन्द वा गद्य लय ढाँचामा लेखिएको भए हुने, कविता जेठ २१ गतेसम्म इमेल वा अन्य माध्यमबाट बर्दघाट प्रज्ञा प्रतिष्ठानको कार्यालयमा पुगेको हुनुपर्ने बताइएको छ ।
कविता अन्यत्र कतै पनि प्रकाशित वा प्रसारित भएको हुन नहुने, पेश गरिएको कविता शुद्धसँग कम्प्युटर टाइप गरिएको वा हातले लेखिएको हुनुपर्ने, म्याद नाघी आएका कविता दर्ता नहुने बताइएको छ ।
प्राप्त कविताहरू मूल्याङ्कन समितिमा पेस गरी त्यहाँबाट छनोट भएकारचना मात्र वाचनका लागि स्वीकृत हुने, वाचन गरिएका रचनामध्येबाट प्रथम, द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कार घोषित गरिने बताइएको छ ।
यस्तै कविगोष्ठीको मिति पछि जानकारी गराइनेसमेत जनाइएको छ । कविता पठाउने स्रष्टाले आफ्नो पूरा ठेगाना, सम्पर्क नम्बरसहित पासपोर्ट साइजको २ प्रति फोटो पनि पेस गर्नुपर्ने बताइएको छ ।
कवितालाई बर्दघाट प्रज्ञा प्रतिष्ठान, बर्दघाट नगरपालिकाको कार्यालय नवलपरासीमा पठाउनुपर्ने छ । इमेल bardaghatpragyapratishthan2079@gmail.com मा कविता पठाउन सकिने जनाइएको छ । सम्पर्कका लागि ९८५७०१५२०९ वा ९८४७०४१७९६ मा थप जानकारी लिन सकिने प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपाने परिश्रमीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।