नवलपरासी / पश्चिम नवलपरासीको बर्दघाट प्रज्ञा प्रतिष्ठानले लुम्बिनी प्रदेश स्तरीय कवि गोष्ठीका असारको १६ गते गर्ने भएको छ ।
लुम्बिनी प्रदेशमा पहिलो पटक लुम्बिनी प्रदेश स्तरीय कवि गोष्ठी गर्न लागेको बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति घनश्याम न्यौपानेले बताउनु भयो । लुम्बिनी प्रदेश स्तरीयमा पहिलो पटक कवि गोष्ठी गर्न लागिएको र लुम्बिनी प्रदेश भित्र रहेका १२ वटा जिल्लाबाट कविहरू आउने उहाँले बताउनु भयो ।
चैत्रदेखि बैशाख २१ गतेसम्म बर्दघाट प्रज्ञा प्रतिष्ठानको कार्यालय र प्रज्ञा प्रतिष्ठिनको इमेलमा आएका ५१ वटा रचनाहरू कविता प्रतियोगितामा सहभागी हुने उहाँले बताउनुभयो ।
कुनै वर्ग, लिङ्ग, जाति, धर्म र सम्प्रदायमाथि प्रहार नगर्ने गरी रचना पठाउन ३५ दिने सूचना जारी गरी रचनाहरू मागिएकोमा तीन सदस्यीय मूल्यांकन समितिले छानेका प्रथम, दोस्रो, तेस्रो र सान्त्वनालाई क्रमश २५ हजार, २० हजार, १५ हजार र १० हजार प्रदान गरिने बताइएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।