
मुरारीराज मिश्र
१
रङ्ग भर्दैछ
सिउँदाेमा वसन्त
लजाईन् धरा !
२
सर्वत्र फूल
भवंरा अतालियाे
ऋतु साैन्दर्य !
३
पत्र-पत्रमा
सुम्सुम्यायाे हावाले
फूल लठ्ठिए !
४
प्रकृति लुकिन्
रंगिन घुम्टो भित्र
बैँस सम्हाल्दै !
५
रङ्ग ओढेर
शीतको बिछ्यौनामा
निदाइन् धर्ती !
(उमामहेश्वर मार्ग, कामपा – ७, कुमारीगाल)



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 








