पाँच वासन्ती हाइकुहरु


१
रङ्ग भर्दैछ
सिउँदाेमा वसन्त
लजाईन् धरा !
२
सर्वत्र फूल
भवंरा अतालियाे
ऋतु साैन्दर्य !
३
पत्र-पत्रमा
सुम्सुम्यायाे हावाले
फूल लठ्ठिए !
४
प्रकृति लुकिन्
रंगिन घुम्टो भित्र
बैँस सम्हाल्दै !

५
रङ्ग ओढेर
शीतको बिछ्यौनामा
निदाइन् धर्ती !
(उमामहेश्वर मार्ग, कामपा – ७, कुमारीगाल)