मुरारीराज मिश्र

के तपाईंले देख्नुभएको छ

भेडाहरुले सोचेको ?

पक्कै पनि छैन होला !

अहँ, मैले पनि देखेको छैन अहिलेसम्म !

निकै स्वामीभक्त हुन्छन् भेडाहरु

त्यसैले सोच्द‌नन् !

आँखै अगाडि दुर्घटना देखे पनि सोच्दैनन्

परेपनि सोच्दैनन्

मरेपनि सोच्दैनन्

आज्ञापालन उनीहरूको धर्म हो

त्यसैले कहिल्यै सोच्दैनन् !

ऊनका लागि भुत्ल्याइए पनि

मासुका लागि रेटिए पनि

कहिल्यै गुनासो गर्दैनन्

त्यसैले त पालिन्छन्

मीठो-पिठो खुवाएर

परेको बेला बलि चढाउन भेडाहरु !

***

उमामहेश्वर मार्ग, कुमारीगाल, का.म.पा.- ७