रक्तिम ओठ
स्पर्श गर्नै पर्दैन
हेर्दै मात्तिन्छु !
घर्तीमा पनि
चन्द्रोदय देखिन्छ
केश हटाऊ !
घाइते पार्न
हतियार चाहिन्न
आँखै काफी छ !
फूल बर्सिन्छ
मग्मगाउँछ हावा
मुसुक्क हाँस्दा !
कोकिल कण्ठ
सुमधुर आवाज
वीणा रेटे झैं !
तुलना व्यर्थ
लजाउँछे उर्वर्शी
सौन्दर्य सामु !
प्रेम भावले
लजाई निहुरिन्छौ
थामिन्छ सृष्टि !
(कुमारीगाल, काठमाडौं-७, उमामहेश्वर मार्ग)
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला