शुभचिन्तक हुँ भन्थ्याे, गर्थ्याे ठूला कुरा पनि ।
कहिले साँच्चिकै लाग्थ्यो, दु:खकाे साथी हाे भनि ।।
एकाएक उसैले नै, धस्दियाे छातीमा छुरा ।
कालापानी दुख्यो पैले, दुख्द‌ैछ लिम्पियाधुरा ।।
सहयोग पनि दिन्थ्याे, कैले काँही अलिअलि ।
त्यसकै बदला गर्थ्याे, देशभित्र ढलिमलि ।।
दाउ हेरि बस्या रैछ, खान याे देश नै पुरा ।
पैले सुस्ता निल्याे क्वाप्पै, अहिले लिम्पियाधुरा ।।
के गर्नु, दाेष छ हाम्रै, देश काट्याैं कुटुकुटु ।
उसैका पाउमा चाट्याैं, श्वान झैँ भै लुटुपुटु ।।
आफैं छाड्याैं सिमा हाम्ले, उस्काे के गर्नु खै कुरा !
काेशी-काली लुछ्याे पैले, लुछियाे लिम्पियाधुरा ।।
(उमामहेश्वर मार्ग, का.म.पा.- ७, कुमारीगाल)