इसाराबाटै
जोडिए मनहरु
माया साटियो !
नौनी खाएर
मदानी मोटाएछ
ठेकी जिल्लियो !
निदाइन् धर्ती
शीतको बिछ्यौनामा
जून तापेर !
जिते सूर्यले
रातसँगको युद्ध
हाँस्दै उदाए !
लोडसेडिङ
हटिसक्यो अचेल
बत्ती खोई त !
खोई के भयो
नुनिलो पो भएछ
उखुको लाँक्रा !
कसौँडी भित्र
छड्किँदैथ्यो चामल
माड पोखियो !
पौष महिना
ऊर्जाहीन’भो सूर्य
मान्छे तात्दैछन् !
बादल भित्रै
अलमलिए सूर्य
तातो हरायो !
उषा किरण
पातमाथिको शीत
मोतीको झल्को !
तात्दै तातेन
कठ्याङ्ग्रिएको मन
घाम लाग्दा’नी !
उमामहेश्वर मार्ग, कुमारीगाल,
काठमाडौं- ७
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला