
किरण पाैडेल
उज्यालो खोज्दै
मायाका जोडीहरु
मैनबत्तीमा
मौन बसेछ
तरंगित सेवक
मौसमी खेती
फरिया बोल्छ
लवेदाको स्पर्शमा
साधक मोह
कसरी भरुँ
बटुवाको हेराई
कुवाको फेरो
टिप्न आतुर
पखेरुमा चपक्क
पोटिला दाना
साँझको खेल
तिम्रो अभाव मेट्न
सुई बटार्छु
धुमिल चित्र
मुग्लानको बाछिटा
मुनाको माया
प्रिय डबली
दुनियाँ नियालेर
मौन बसेछ
मुग्ध नयन
कोइलीको स्वरमा
गौंथली नाच्छे
डाँडाको फेदी
गुँडभित्र चमेरा
भेल पसेछ
उम्लेको पानी
बासनाको कसीमा
दुधिलो बन्छ
घर आँगन
झाँकीमा टहलिँदै
उर्लेको पीडा
प्रिय डबली
दुनियाँ नियालेर
मौन बसेछ
खहरे भेल
बगाउन नजाने
भूसको आगो
संकेत पाए
हावाको वहावमा
बिम्ब पौडिन्छ
भरतपुर-२० चितवन



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३० जेष्ठ २०८३, शनिबार 







