

देशभक्तिको गीत गाउनलाई, भट्टिभित्र छिर्यो
दिनभरको थकान मेटाउनलाई, भट्टिभित्र छिर्यो ।।
प्रेमिकाले नि छाडी उसलाई टुच्छ लाउछ थापाएर
फेरि उसैलाई बिर्साउनलाई, भट्टिभित्र छिर्यो ।।
आफ्ना अनि आफन्त सब गुमाइसक्यो त्यही कारणले
बुझ्दिनँ म खै के पाउनलाई, भट्टिभित्र छिर्यो ।।
आमाले भात अल्नै खाइन नुन किन्न नसकेर
ऊ भने पैसा सकाउनलाई, भट्टिभित्र छिर्यो ।।




साहित्यपोस्टका -
प्रकाशनहरू
साहित्यपोस्टका -
प्रकाशनहरू