

अमिष शर्मा ‘विशद’
आँखा खुलेपछि चाल पाएँ
एक गल्ती, हजार सजाय ।
सानै पत्थरको चोट थ्यो काफी
पत्थरको पहाडमा निधार जुधाएँ ।
चुपचाप निदाउथ्यो अध्यारो सहर
उफ ! उजेलीको गीत गुन्गुनाएँ ।
मुश्किलले भएथेँ स्वतन्त्र हिजो
किन कैदमा आज फर्कि आएँ ?
9849376676
वि. सं. २०६२ देखि ‘अलग अभियान’ मार्फत लेखन (विशेषतः कवितामा) सक्रिय । ‘आस्थाको स्तम्भ’ तथा ‘अलग कविता’ गरी दुई संयुक्त कविता सङ्ग्रह तथा विभिन्न पत्रपत्रिकामा फुटकर कविता तथा अन्य रचनाहरु प्रकाशित । हाल नेपाल राष्ट्र बैंकमा सहायक निर्देशकको रूपमा कार्यरत । व्यक्तिगत ब्लग ‘www.blogbishad.blogspot.com’ सन् २००९ देखि निरन्तर संचालनमा ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
