अमिष शर्मा ‘विशद’

मन, महिनाजस्तो
छाती, वर्षजस्तो ।

मनले छातीलाई भन्यो
किरायामा बस्दिनँ अब ।

महिनाले वर्षलाई भन्यो
तिमीलाई भेट्दिन अब ।

हर नयाँ वर्षमा
न मन खुशी छ
न छातीलाई आराम छ ।

यो वार्षिक बिछोडमा
कसरी सेलिब्रेट गरूँ म ?
कसरी भनूँ – ह्यप्पी न्यु इयर ?