विष्णुप्रसाद आचार्य

ज्ञानबिहीन सीपमा निखार हुँदैन
जस्तै,गालामा गाजल शृङ्गार हुँदैन

जिन्दगीको मज्जा तब पो आउँछ
जब कसैको पनि इन्तजार हुँदैन

निचोर्ने नाममा चिमोटियो भने घाउ
त्यो सेकताप हुँदैन ,चिरफार हुँदैन

केही त सिकौं माहुरीको घार हेरेर
जहाँ कामैकाम हुन्छ, प्रचार हुँदैन

विश्वास यदि माटालाई गरियो भने
चिस्यानमा परेको बिउ बेकार हुँदैन ।

विदुर- ५, नुवाकोट