
आजको सङ्कटग्रस्त र अभिसप्त वर्तमानमा
महङ्गीको धरहरा चढेर
म भोकको गीत गाइरहेछु
सपना बाँड्नेहरू
हिजो पनि थिए
आज झन धेरै छन्
सपना केवल सपना भइरह्यो
सपना बटुलेर पेट भरिंदैन
अधुरो सपनाको उपत्यकाभित्र
म ठिङ्ग उभिएको छु बुख्याचाजस्तै
सपना बाँड्नेहरू
यतिवेला सिङ्गो देश चपाइरहेछन्
म भने
सपना बाँड्ने ठेकेदारहरूको
भाषण चपाइरहेछु
भाषण निलिरहेछु !
महालक्ष्मी न.पा.५, ललितपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
