ऊ आकाश
म धरती !
ऊ पानी बर्षाउँछ
म रुझिदिन्छु भिजिदिन्छु र पालुवा जस्तै पलाउँछु।
कहिलेकाहीँ म रिसाउँछु निसासिन्छु
भित्र भित्रै रापिन्छु तातिन्छु र जल्छु
उसले पठाएको पानीलाई बाफ बनाइदिन्छु
र आकाशमै फिर्ता पाठाइदिन्छु।
कहिलेकाहीँ ऊ रिसाउछ गर्जिन्छ
कालो,निलो, रातो हुन्छ
मैले पठाएको बाफलाई पानी बनाउछ
अन्त्यमा मनिल हुँदै फेरि जमिनमै बर्सिन्छ।
हाम्रो भेट कहिले भएन, हुँदैन
भेट नभएरै पनि माया गर्न सकिदो रहेछ
आफ्नो हुनुको आभास दिलाउन सकिदो रहेछ
त्यसैले त नजिकै हुनेको भन्दा टाढै बसेर रुनेको महत्त्व बढी हुँदो रहेछ।
दाङ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
रमा पौडेल
जेष्ठ ५, शुक्रबार ००:०१