
खरबारीमा घाँस साँचिन्थ्यो
तीन दिन पुग्ने एकै दिन काटिन्थ्यो
वर्ष दिनमा नयाँ लुगा पाइन्थ्यो
रातो चामलमा घिउ राखेर दर खाइन्थ्यो
र पो तीज आउँथ्यो !
बुवा फुपू लिन जानु हुन्थ्यो
फुपूले दु:खसुख सुनाउनु हुन्थ्यो
मामा आमा लिन आउनु हुन्थ्यो
आमाले दु:खसुख सुनाउनु हुन्थ्यो
र पो तीज आउँथ्यो !
मधेसदेखि सानिमा पहाड आउनु हुन्थ्यो
हातमा चुरा कानमा झुम्का कोसेली ल्याउनु हुन्थ्यो
मिठा मिठा गीत आफैँ गाउनुहुन्थ्यो
आफू नाच्दै अरुलाई पनि नचाउनु हुन्थ्यो
र पो तीज आउँथ्यो !
तिज त अहिले पनि आउँछ
न फुपूलाई घर ल्याउँछ
न आमालाई माइती पठाउँछ
न मादल बजाउँछ
न दु:खसुखको गीत गाउँछ
तिज परिवर्तन भएको छ।
दाङ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला

र यो पनि पढ्नुहोस्...

रमा पौडेल
ज्येष्ठ ५, शुक्रवार ००:०१