
भोको पेटले खाँ भन्छ
दु:खले नि खाँ भन्छ
तर मनले नखाँ भन्छ
जागिर !!
काम नगरी बस्न आउँदैन
हाकिमको जस नि पाउँदैन
बाध्यता खाँ भन्छ
स्वाभिमानले नखाँ भन्छ
जागिर !!
आमा बाथको रोगी
बा दमको रोगी
परिस्थितिले खाँ भन्छ
मनस्थितिले नखाँ भन्छ
जागिर !!
साथीहरू देश‑विदेश
चिल्ला घर, चिल्ला गाडी
संगतले खाँ भन्छ
एक्लोपनले नखाँ भन्छ
जागिर !!
हाकिमले काम पुगेन भन्छ
परिवारले दाम पुगेन भन्छ
अरुका लागि खाँ भन्छ
आफ्ना लागि नखाँ भन्छ
जागिर !!



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
