साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

लुछियो लिम्पियाधुरा

 

शुभचिन्तक हुँ भन्थ्यो, गथ्र्यो ठूला कुरा पनि ।
कहिले साँच्चिकै लाग्थ्यो, दुःखको साथी हो भनि ।।
एकाएक उसैले नै, धस्यो छातीमा छुरा ।
कालापानी दुख्यो पैले, दुख्दैछ लिम्पियाधुरा ।।

सहयोग पनि दिन्थ्यो, कहिलेकाहीँ अलिअलि ।
त्यसकै बदला गथ्र्याे, देशभित्र ढलिमलि ।।
दाउ हेरि बस्या रैछ, खान यो देश नै पूरा ।
पैले सुस्ता निल्यो क्वाप्पै, अहिले लिम्पियाधुरा ।।

सम्बन्धित पोस्टहरु
bahulako diary small and inside post

के गर्नु, दोष छ हाम्रै, देश काट्यौं कुटुकुटु ।
उसैका पाउमा चाट्यौं, श्वान झैँ भै लुटुपुटु ।।
आफैं छाड्यौं सिमा हाम्ले, उस्को के गर्नु खै कुरा !
कोशी काली लुछ्यो पैले, लुछियो लिम्पियाधुरा ।।

पहिले जे जति घात, राष्ट्रको हामीले र्गयौं ।
स्वीकारी देशका सामु, सच्याउन अघि सरौं ।।
सकेनौं यदि यो गर्न, एकताबद्ध भै पूरा ।
बाँकी हुन्न पूरै देश, के खोज्नु लिम्पियाधुरा ।।

 

प्रतिक्रिया
Loading...