नारायणा कोइराला

पाप र पापी भनेर

न कुर्ल धेरै
न! तिमी धर्मी छौ
न आफैँलाई अधर्मी देख्छौ
न तिमी धर्मात्मा हौ
न त धर्मावलम्बी
 किन ? गुणगान धर्मको
मात्र गाउँछौ।
पापको पोको मन
भित्र सम्झाउँछौ
भोकानाङ्गाहरूमाथि
कुदृष्टि लगाउँछौ
छिः छिः र दुरदुरको
लहर बगाउँछौ
अनि कसरी हुन्छौ ?
तिमी सत्यता धारी ।
धर्म र जातको
पर्खाल बाधेर
सम्झेर आफैँलाई
धर्मको औतारी
कुँदिएको ढुङ्गाको मूर्तिमा
पूजा गरेर कसरी
खोज्दै छौ तिमी
आफैँभित्र शान्ति।
तानसेन पाल्पा