नारायण काेइराला

बसको सिटमा बसेका सबै अचम्म भए। उसलाई स्वागत गर्न हतार गरे। म भने ऊ  र ममा फरक खोज्दै थिएँ। न जनावर जस्तो थियो, न त वन मान्छे जस्तो देखिन्थ्यो ऊ ।

एउटाले कानमा खसुक्क भन्यो, ‘मन्त्री हो,मन्त्री।’
अचम्म मान्नुपर्ने के छ। बसको पछाडि हेर्नु त,”त्यो महंगो कार र सुरक्षाकर्मी उसैको लागि दौडँदै छन्।”
हत्तेरी ! सबै देखावटी। कान फुक्ने लाजले भुतुक्कै भयो।