पैसा च्याप्प समाउन खोजें । पैसा मरुभूमिको तातो हावासँग उड्दै थियो । तातो हावाले प्रश्न गर्यो, ‘डर लाग्दैन ?’

मैले डर मरेको संकेत गर्दै फेरि पैसा समाउन खोजें । यस पालि तातो हावा रीसायो ।

हावालाई रिसाएको देखेर बालुवाले समझाउँदै भन्यो, “पैसा समाउन खोज्नु उसको बाध्यता हो । सक्छौ भने तिमी चीसो भैइदेऊ । हावा चीसो हुन खज्यो तर मौसमले साथ दिएन । मौसमले हावा र बालुवा दुवैलाई उडाउन थाल्यो । म हेरिरहैं । पैसा कता उड्यो पत्तै भएन । म मौसमको पछि भाग्न सकिनँ ।

मैले देशको सरकारलाई मौसमसँग तुलना गरें । दुवैको अवस्था उस्तै ।