मोहन सुवेदी (असम)

एक्लो मान्छे

मूलसडकको छेउ भएर

हिँड्दैछ लुरूलुरू

निसंग, निरूत्ताप

तर निर्दिष्ट दिशा तोकेर

घामले सतायो, पोलेन

झरीले रूझायो, भिजेन

हिँडिरह्यो, फगत एक्लै

हिँडी नै रह्यो…

ऊ भुत्भुताउँदै थियो

को नि के के शब्द औ सङ्केत

बुझेनन् , कसैले

सुनेमात्रै

ऊ मेरो

शब्दको आत्मीय मित्र ….