
मोहन सुवेदी (असम)
एक्लो मान्छे
मूलसडकको छेउ भएर
हिँड्दैछ लुरूलुरू
निसंग, निरूत्ताप
तर निर्दिष्ट दिशा तोकेर
घामले सतायो, पोलेन
झरीले रूझायो, भिजेन
हिँडिरह्यो, फगत एक्लै
हिँडी नै रह्यो…
ऊ भुत्भुताउँदै थियो
को नि के के शब्द औ सङ्केत
बुझेनन् , कसैले
सुनेमात्रै
ऊ मेरो
शब्दको आत्मीय मित्र ….



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 








