
दिलीप अधिकारी
भेडा बाख्र जानवर को आहार रुख र बिरुवा
फैलिन्छ हाँगा, पात जस्मा चर्ने, गिन्तीका गोठाला
बदलियो युग, बद्लिन्छ समय तर न बदलिने बानि इन्का
आज खाऊ, मै खाऊ भोलि बिनाको पात्र, गोठाला कै दिनका ।
युग युग रुपान्तरण हुन्छ, बचेको इतिहासको गुनगान गाइन्छ जहाँ
प्रगतिले छितिज छोएका तिनका, वायु मार्ग दैनिकी, हाम्रो पौराणिक कथाका
चर्नलाइ लाग्दैन समय वायुको वेग तिनका
हाम्रो त छैन बचेको मैदान चर्नलाइ इ भेडा र बाख्रा ।
गोठाला ति पुराना, युग यहि तर बास गर्द थियो सत्यता
गोबरमा पौडिने, डोरीमा झुलिन्ने, गोलिमा तातिने छाती तिनका
सपना बुन्ने ति गोठाला, भएछ चर्ने ठाउँ इ भेडा र बाख्रा
मर्यादा विराम लग्न बाकि छ, तेसैले भिड भाको सडक चौबाटा ।
अन्धकार मेट्न कुपी चाहिन्छ, बिजुलीको आस छोडे दिन सुद्रिन्छ
हुर्किन्न बिरुवा न फैलिन्छ हाँगा, पात वा जीव आत्मा,
प्राण दिने बिज्ञान मात्र एक सुर्य, प्रणाम ति प्राण दाता
चर्नलाइ हरियो मैदान राम्रो, आसिर्बाद हो दिने सुर्य देउता
जानावर इ कम बुद्दिका था नपाउने पर्खिरा बाघ र भालु आँ गरि मुख जंगलका ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 









