सिर्जनाकी हिमनदी सागर बन्नुपर्छ ।

नारी हुँ म आदर्शका बाटा खन्नुपर्छ ।।

 

प्यारो लाग्ने आफ्नै बारी फुलाउनुपर्छ ।

लटरम्म राम्रो बाली झुलाउनुपर्छ ॥

 

अकर्मलाई हटाउन कर्मशील बन्छु ।

अज्ञानीले गल्ती गरे क्षमाशील बन्छु ॥

 

वरपिपल चौतारीमा सँगसँगै हुँदा ।

खुशी लाग्छ त्यो मनलाई यो मनले धुँदा ॥

 

कुखुरीले चल्लालाई छोपे जस्तै गरी ।

धर्तीमाता बनी फूल रोपे जस्तै गरी  ॥

 

रमाइलो लाग्छ जित संसारको पाउँदा ।

जतासुकैबाट मलाई खुशीयाली छाउँदा ॥

 

राम्राराम्रा फूल उनी माला गाँसेकी छु ।

संसारलाई हँसाएर म नि हाँसेकी छु ॥