साँच्चै दुःखको कुनै सीमा हुँदैन
हाँसिरहेको मान्छे
भित्रैभित्रै रोहिरहेको हुन्छ
बाँचिरहेको मान्छे
मनदेखि मरिरहेको हुन्छ
जितिरहेको मान्छे
आफैँसँग हारिरहेको हुन्छ
चाहनाहरू सिध्दिदै
रहरहरू मर्दै
अनि हौसलाहरू सकिँदै जान्छ
ओठले मुस्कुराउन छोड्दैन
दुःखले दुख्न छोडदैन
आत्माले मार्न खोज्छ अस्तित्व
तर शरीरले बाँच्न छोड्दैन
जित्ने कोसिस जारी हुन्छ
तर कदमले साथ दिँदैन
कर्मको मर्म यति गहिरो हुन्छ
पर्म लाउँदा पनि सकिँदैन
सुखको समुद्रमा डुब्न खोजेको मात्र हुन्छु
दुःखले चुर्लुम्म डुबाई लान्छ
सुख पर पर भाग्छ
दुःखले आई गर्ल्याम्म अङ्गालो हाल्छ ।
रमाइलो टोल , सिन्धुली
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला