
नुन बेसार आमाले राख्नुभएछ
हाली थोरै मसला चाख्नुभएछ
अदुवा र लसुनको जातै मीठो छ
हाम्री प्यारी आमाको हातै मिठो छ
बसालेर पानीमा चिनी खन्याई
बाक्लो दूध राखेर चिया बनाई
मिसाउँदा दाल्चिनीको पातै मीठो छ
हाम्री प्यारी दिदीको हातै मिठो छ
दाउरा बाली अगेनामा आगो फुकेर
अड्कलेको पानीमा चामल राखेर
कसौँडीमा पकाएको भातै मीठो छ
हाम्री प्यारी बैनीको हातै मिठो छ ।
———————
भोर्लटार, लमजुङ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
